ज्योति विकास बैङ्कद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैङ्कले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैङ्कको उद्देश्य र ध्येय प्राप्तिको लागि स्थापित मूल्य मान्यताहरूको जडमा बैङ्कको परिवर्तनको ज्योति फैलाउने  सङ्कल्पमा १५ वर्षसम्म अनवरत रूपमा सहयात्रा गरेका कर्मचारीहरूलाई सम्मान गरेको हो ।

बैङ्कको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कर्मचारीहरूलाई सम्मानित गर्नुका साथै कर्मचारीहरूको जीवन बीमा परिपक्वताको रकम पनि हस्तान्तरण गर्नु भएको हो। सम्मानित हुनेहरूमा विकास रानाभाट, प्रमिला केसी, जमुना रिसाल, अनिता राई र होम कुमारी बस्नेत रहनुभएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ढकालले कर्मचारीहरूले वर्षौँदेखि बैङ्कमा गरेको समर्पण प्रति हार्दिक आभार व्यक्त गर्दै १५ वर्षको गौरवपूर्ण सहयात्रालाई सफल र सबल बनाउन  सफल  हुनुहुने कर्मचारीहरू प्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो। साथै अबको यात्रामा पनि सोही अनुरूपको योगदान रहनेमा विश्वास प्रकट गर्नुभयो ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्टाई समाजप्रति उत्तरदायी बनेको यस विकास बैङ्कले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । सोही मान्यता अनुरूप भर्खरै मात्र ज्योति विकास बैङ्कले १५ जना शारीरिक रूपले भिन्न रूपमा सक्षम नागरिकलाई कृत्रिम हात प्रदान गरेको थियो। संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहक, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्‍याउन ज्योति विकास बैङ्क सदैव प्रतिबद्ध रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x