जनउत्थान सामुदायिक लघुवित्तको नाफामा ६.९५ प्रतिशतको गिरावट

Janautthan Samudayic Laghubitta Bittiya Sanstha Limited

 

ज्ञानमाण्डू। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६.९५ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ५ कराेड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ४ कराेड ९५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

 

१४ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको जनउत्थान सामुदायिक लघुवित्तले २ अर्ब २४ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्तले १ अर्ब २६ करोड ५२ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ११ करोड ७४ लाख रुपैयाँ रहेको छ।

 

जनउत्थान सामुदायिक लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.११ प्रतिशतले बढेर १७ करोड १२ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.९१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ०० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १९४० काे आधारमा मूल्य आम्दानी अनुपात ५७.०५ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x