राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ: नाडा उपाध्यक्ष श्रेष्ठ

लगानी बढाउन नीतिगत स्थिरता आवश्यक

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राज्यले अटोमोबाइल्स क्षेत्रलाई जनताको अत्यावश्यक वस्तुको रूपमा लिएर सोही अनुरूपको बजेट र नीति लिनु आवश्यक रहेको बताउनुभएको छ ।

इकोनोमिक मिडिया एसोसिएसन (इमान)द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा नाडाको तर्फबाट प्रस्तुति राख्दै राज्यले जनताको अत्यावश्यक वस्तुको रूपमा सवारी क्षेत्रलाई लिएर सहज हिसाबको नीति लिनुपर्ने बताउनुभयो । कार्यपत्र प्रस्तुति गर्दै उहाँले भन्नुभयो, ‘पछिल्लो समय अटोमोबाइल्स उद्योग ८० प्रतिशत खस्किसकेको छ । अब यस क्षेत्रमा लगानी बढाउन नीतिगत स्थिरता आवश्यक छ ।’ श्रेष्ठले पछिल्लो समय विद्युतीय गाडीतर्फ सबैको आकर्षण बढिरहेको र नेपालमै उत्पादित विद्युत्को उपयोगबाट यसको सञ्चालन गर्न सकिने भएकाले दीर्घकालीन नीति लिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘गत वर्षको १८ प्रतिशतको राजश्व हाल ९.५ प्रतिशतमा खस्किएको छ । गत वर्ष अटोमोबाइल्सको गिरावट ५९ प्रतिशत रहेको छ । यसको उपयोग बढाउन वातावरण सिर्जना गर्नुपर्दछ ।’ युवाको विदेश पलायनको असर अटोमोबाइल्स क्षेत्रमा परिरहेको उल्लेख गर्दै उहाँले कर प्रणाली उपभोक्तामैत्री बनाउनुपर्ने धारणा राख्नुभयो । लगानी बढाउन नीतिगत स्थिरता नै चाहिने आवश्यकता औँल्याउँदै उहाँले इलेक्ट्रिक गाडीको प्रयोग बढाउन दीर्घकालीन हिसाबले अगाडि बढ्ने रोडम्याप आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले अटोमोबाइल्स क्षेत्र खस्किँदा देशको अर्थतन्त्र नै खस्किने भएकाले बेलैमा सचेत बन्नुपर्ने भन्दै सरकारलाई सचेत बन्न ध्यानाकर्षण गराउनुभयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x