८ महिनासम्ममा जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन ९२ अर्ब अधिक, कस्को कति ?

 life insurances of nepal


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको फागुन महिनासम्ममा हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १९ जीवन बीमा कम्पनीहरूले कुल ९२ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् । औसतमा जीवन बीमा कम्पनीहरूले ४ अर्ब ८५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ५ जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने १४ यस्ता जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको देखिएको छ।

चालु आर्थिक वर्षको फागुनसम्ममा सर्वाधिक बीमा शुल्क आर्जनमा नेपाल लाइफकाे प्रभुत्व :
चालु आर्थिक वर्षको फागुनसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले सोही वर्गका संस्थाहरू मध्ये सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले २३ अर्ब ९३ करोड रुपैयाँ अधिक बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, एलआइसी नेपालले सोही अवधिसम्ममा ११ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको देखिन्छ।

समीक्षा अवधिमा नेशनल लाइफले ९ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गर्दा राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ६८ करोड रुपैयाँ र युनियन लाइफले ५ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यी संस्थाहरूले चालु आर्थिक वर्षको माघसम्ममा सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ।
त्यस्तै, एशियन लाइफले ४ अर्ब ५४ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ५७ करोड रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ४८ कराेड रूपैयाँ, प्राइम लाइफले ३ अर्ब ४२ करोड रुपैयाँ, सूर्या लाइफले ३ अर्ब २२ करोड रुपैयाँ, सन नेपाल लाइफले २ अर्ब ७२ करोड रुपैयाँ र रिलायबल नेपालले २ अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, महालक्ष्मी लाइफले जीवन बीमा संस्थाहरू मध्येको सर्वाधिक कम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। उक्त जीवन बीमाले ९३ करोड २९ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गर्दा, प्रभु लाइफले १ अर्ब ३२ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ५३ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ८६ करोड रुपैयाँ, गुराँस लाइफले २ अर्ब ८ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब १४ करोड रुपैयाँ र ज्याेति लाइफले २ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालमा सञ्चालनमा रहेका जम्मा १९ जीवन बीमा कम्पनीहरूकाे चालु आर्थिक वर्षको फागुन महिनासम्म आइपुग्दा कुल सक्रिय बीमालेख सङ्ख्या १ कराेड ११ लाख ७९ हजार ७२८ रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x