बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) स्वीकृत पाएको छ। कम्पनीले धितोपत्र बोर्डबाट आजै आइपिओ निष्कासनको स्वीकृति प्राप्त गरेको हो।
कम्पनीले कुल २ करोड ८३ लाख कित्ता शेयरमध्ये ५८ लाख ६० हजार कित्ता शेयर सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न स्वीकृति पाएको हो । कम्पनीको जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने यसमध्ये २०.७६७% हिस्सा सार्वजनिक निष्कासन हुनेछ।
आइपिओ निष्कासनपछि कम्पनीको शेयर स्वामित्वमा सर्वसाधारणको २०.७६७ प्रतिशत र प्रवर्द्धक समूहको ७९.२९ प्रतिशत स्वामित्व रहनेछ। नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ लिमिटेड यस आईपीओको इश्यू म्यानेजरको रूपमा रहेको छ। आइपिओ स्वीकृत भएको जानकारी सार्वजनिक गर्दै कम्पनीले बन्दिपुर क्षेत्रको पर्यटन तथा केबलकार व्यवसायलाई अझ विस्तार गर्ने उद्देश्य रहेको जनाएको छ।