मुख्यसचिव वैरागीद्वारा लुम्बिनी केबलकारको स्थलगत निरीक्षण

नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले शनिबार लुम्बिनी केबलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी जानकारी लिनुभएको छ ।
 
निरीक्षणका क्रममा मुख्यसचिव वैरागीले केबलकार निर्माणसम्बन्धी प्रगति विवरण लिनुका साथै केबलकारको सञ्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राख्नुभएको थियो ।
 
उहाँले यस केबलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रह समेत गर्नुभयो ।
 
उक्त अवसरमा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार निर्माणको प्रगति बारेमा जानकारी गराउँदै आगामी १/२ महिना भित्रमै केबलकार सञ्चालनमा आइसक्ने जानकारी गराउनुभयो ।

उहाँले केबलकारको झन्डै ९० प्रतिशत काम सकिसकेको तर रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने बताउनुभयो ।

"अबको १/२ महिनापछि केबलकार सञ्चालनमा आउँछ । तर बटम र टप स्टेसनमा बन्दै गरेको रेस्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्नेछ । केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुकासाथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ ।

लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र नेपालको सीमा क्षेत्रका भारतीय पर्यटकलाई यो केबलकार सहितको रिसोर्ट नयाँ पर्यटकीय गन्तव्य बन्ने कम्पनीले विश्वास लिएको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x