लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने, टावरको सिभिल काम सम्पन्न

रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बशन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ ।

शुक्रवार काठमाडौँमा आयोजित कम्पनीको १९औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेस गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले  केबलकार टावरहरूको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताउनुभएको छ ।


"केबलकार टावरहरूको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । टप स्टेसनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेको कुरा जानकारी गराउन चाहन्छु," उहाँले भन्नुभयो ।

उहाँले केबलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरूको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भई ९ वटा टावर मध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताउनुभयो ।

त्यस्तै टप स्टेसनमा केबलकार उपकरणहरूको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेसनमा केबलकार उपकरणहरूको जडान कार्य अगाडी बढिरहेको छ, उहाँले भन्नुभयो । साथै उहाँले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरूको निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताउनुभयो ।

साे केबलकार परियोजनाको निर्माण कार्य २०७८ साल पौष महिनामा सुरु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
0.00%
50.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x