प्रभु बैङ्कको नाफामा ९६५.४१ प्रतिशतकाे वृद्धि

प्रभु बैङ्कको नाफा ९६५.४१ प्रतिशतले बढेको छ । आ.व. २०८०/८१ को चाैथाेँ त्रैमास सम्ममा बैङ्कले ५१ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८१/८२ को चाैथाेँ त्रैमास सम्ममा बैङ्कले ५ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैङ्कले ३ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १३ अर्ब ५५ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३९.४७ प्रतिशतले घटेर ७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

 

बैङ्कको निष्क्रिय कर्जा अनुपात ४.९६ प्रतिशत र प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ र पछिल्लो कारोबार मूल्य रु २१८.७२ को आधारमा मूल्य आम्दानी अनुपात ९.४६ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x