एनआईसी एशिया बैङ्कको नाफा १३.५४ प्रतिशतले घटेको छ । बैङ्कले आ.व. २०८२/८३ को दोस्रो त्रैमास सम्ममा १३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैङ्कले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको एनआईसी एशिया बैङ्कले दोस्रो त्रैमासको अन्त्यसम्ममा ३ खर्ब २७ अर्ब ५० करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ९ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैङ्कको जगेडा कोषमा १४ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ सञ्चित रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १५.८७ प्रतिशतले घटेको छ । यस अवधिमा बैङ्कको इम्पेरमेन्ट चार्ज २ अर्ब ३५ करोडबाट बढेर २ अर्ब ४३ करोड पुगेको छ, जसका कारण खुद नाफा घट्न पुगेको हो । यता, बैङ्कको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड ऋणात्मक रहेको छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात ७.४७ प्रतिशत र प्रतिशेयर आम्दानी १ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा रहेको छ । त्यसतै, बैङ्कको पछिल्लो कारोबार मूल्य रु ३४५.९० को आधारमा मूल्य आम्दानी अनुपात १९६.५३ गुणा रहेको छ ।
एनआईसी एशिया बैङ्कको खुद नाफामा १३.५४ प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
