झापा इनर्जी लिमिटेडले आज भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि सेयर खुला गर्न लागेको हो।
यसअघि पहिलो चरणमा कम्पनीले ३ लाख ८० हजार १९० कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई र ५७ हजार २९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको थियो। अब दोस्रो चरणमा सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्टाई, सर्वसाधारणका लागि ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन भइरहेको हो।
यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अवधि छिटोमा भदौ २४ गतेसम्म र ढिलोमा असोज ३ गतेसम्म रहनेछ।
झापा इनर्जीले १० मेगावाट क्षमताको ग्रिडमा आबद्ध सौर्य विद्युत् आयोजना सञ्चालन गर्दै आएको छ। आयोजनाको कुल लागत करिब ८७ करोड ९० लाख रुपैयाँ अनुमान गरिएको छ भने प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत् अनुमति पत्र २२ वर्ष बाँकी छ। कम्पनीका अनुसार इक्विटीमा लगानी फिर्ता हुने अवधि ९.५५ वर्ष र सम्पूर्ण प्रोजेक्टमा ८.०६ वर्ष छ भने डिस्काउन्टेड आधारमा क्रमशः १३.४६ वर्ष र १५.६६ वर्षमा लगानी फिर्ता हुने अनुमान गरिएको छ।
आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा प्रणालीमार्फत सहभागी बैङ्क तथा वित्तीय संस्थाबाट वा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्। रेटिङ्गको क्रममा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इश्यूअर रेटिङ्ग सिङ्गल बी माइनस प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको सङ्केत गर्दछ।
झापा इनर्जीको आइपिओ सर्वसाधारणका लागि खुला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
