बीमा प्राधिकरण अध्यक्ष पदका लागि १४ जनाको दाबी

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन्। अर्थ मन्त्रालय अन्तर्गतको सिफारिस समितिले भदौ १३ गते सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र आवेदन आह्वान गरेपछि तोकिएको समयमा सो सङ्ख्यामा आवेदन परेको हो।

प्राप्त आवेदन अनुसार अध्यक्ष पदका लागि विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, प्रा.डा. दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई र महेश्वर न्यौपाने प्रतिस्पर्धामा रहेका छन्।

अब सिफारिस समितिले आवेदकहरूको शैक्षिक योग्यता, अनुभव र कार्यक्षमता मूल्याङ्कन गरी उपयुक्त उम्मेदवारको नाम मन्त्रिपरिषद्मा पठाउनेछ। बीमा प्राधिकरणको अध्यक्ष पदलाई मुलुकको बीमा क्षेत्रको नीतिगत नेतृत्व गर्ने संवैधानिक निकायको महत्त्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x