
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले घटेर २५६० दशमलव २९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १.६१ अङ्कले घटेर ४४० दशमलव ६५ को विन्दुमा पुगेको छ ।
आज कूल ३२८ कम्पनीहरूका १ करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर रु. ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य होटेल तथा पर्यटन उपसमूह ७१.४० अङ्कले, जलविद्युत उपसमूह ३.३२ अङ्कले, उत्पादन उपसमूह २३.६० अङ्कले, लघुवित्त उपसमूह १३.२३ अङ्कले, अन्य उपसमूह ६.९२ अङ्कले र ट्रेडिङ उपसमूह ६.५९ अङ्कले बढेका छन् । यता, बैङ्किङ उपसमूह ४ दशमलव ३८ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ४ दशमलव ७८ अङ्कले, वित्त उपसमूह १६ दशमलव १५ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ५२ अङ्कले, जीवन बिमा उपसमूह १८.२६ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०८ अङ्कले र निर्जीवन बिमा ३२.७३ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा ०.७९ अङ्कको गिरावट, नेप्से २५६०.२९ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
