धितोपत्र बजारमा शुन्य दशमलव १५ अंकको वृद्धि, नेप्से परिसूचक २६६८.११ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव १५ अंकले बढेर २६६८ दशमलव ११ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ०५ अंकले घटेर ५०९ दशमलव ८५ को विन्दुमा पुगेको छ ।


आज कूल २२० कम्पनीका २३ लाख ४९ हजार ०१० कित्ता शेयर रु १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८३८ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य आठ उपसमूहको शेयर ओरालो लागेका छन् । बैंकिङ उपसमूह शुन्य दशमलव ७१ अङ्कले बढ्दा विकास बैंक उपसमूह १२ दशमलव ४५ अङ्कले, निर्जीवन बीमा ७३.३१ अङ्कले, अन्य उपसमूह ८.१९ अङ्कले, लघुवित्त उपसमूह १८.३ अङ्कले र जीवन बीमा उपसमूह १५३.५७ अङ्कले बढेका छन् । यता, ट्रेडिङ उपसमूह ८५ दशमलव ७२ अङ्कले, होटल तथा पर्यटन उपसमूह २१ दशमलव ७७ अङ्कले, जलविद्युत उपसमूह ३६.६४ अङ्कले, वित्त उपसमूह ६.५ अङ्कले, उत्पादन उपसमूह २१ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०८ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ६८ अङ्कले घटेकाे छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x