सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओमा आवेदन दिने आज अन्तिम दिन


सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ का लागि आवेदन दिने माघ २१ गते (आज) अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिशेयर रु. १०० को अङ्कित दरमा ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो। योग्य आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५०,००० कित्ता सम्म आवेदन पेस गर्न सक्नेछन् ।

सो कम्पनीले माघ १८ गतेदेखि सार्वजनिक रूपमा आवेदन खुला गरेको थियो र तोकिएको अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा फागुन ३, २०८२ सम्म आवेदन पेस गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

सो कम्पनीको आइपिओ खरिदका लागि आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र मेरो सेयर प्रणालीमार्फत आवेदन पेस गर्न सक्नेछन् ।

सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x