
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २ दशमलव ४१ अङ्कले बढेर २६१६ दशमलव ९७ को विन्दुमा कायम भएको छ। यस्तै, सेन्सेटिभ परिसूचक १.६५ अङ्कले बढेर ४५१ दशमलव ०५ को विन्दुमा पुगेको छ।
आज कूल ३२९ कम्पनीहरूका १ करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर रु. ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य होटेल तथा पर्यटन उपसमूह २५ दशमलव १७ अङ्कले घट्दा जलविद्युत उपसमूह ८.०६ अङ्कले, उत्पादन उपसमूह ६.१० अङ्कले, लघुवित्त उपसमूह ३.३८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०८ अङ्कले, निर्जीवन बिमा २४.६० अङ्कले र ट्रेडिङ उपसमूह १.०८ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह ३ दशमलव ९१ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ५०.२४ अङ्कले, वित्त उपसमूह १३.५७ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ३८ अङ्कले, जीवन बिमा उपसमूह ९.०६ अङ्कले र अन्य उपसमूह १.८६ अङ्कले बढेका छन् ।
धितोपत्र बजारमा २.४१ अङ्कको वृद्धि, नेप्से २६१६.९७ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
