वीरगन्ज नाकाबाट सवारी आयातमा उछाल, ७ महिनामा २३ अर्ब भन्दा बढी सवारीसाधन भित्रियो

चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाका हुँदै सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयात उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा कुल २३ अर्ब ५७ करोड रुपैयाँ बराबरका सवारीसाधन र पार्टपुर्जा भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब ६ अर्ब ४२ करोड रुपैयाँले बढी हो।

वीरगन्ज भन्सार कार्यालयका अनुसार आयात बढेसँगै राजस्व सङ्कलनमा पनि सुधार देखिएको छ। सात महिनाको अवधिमा सवारीसाधन र पार्टपुर्जा आयातबाट मात्रै १६ अर्ब ७३ करोड रुपैयाँ राजस्व उठेको छ, जबकि गत वर्ष सोही अवधिमा १३ अर्ब २६ करोड रुपैयाँ सङ्कलन भएको थियो।

इन्धनबाट चल्ने सवारीतर्फ भने सङ्ख्या र मूल्यमा केही गिरावट देखिएको छ। चालु वर्षमा ६०९ वटा जिप, कार र भ्यान आयात भई १ अर्ब १६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जसबाट २ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ७४८ वटा सवारी आयात हुँदा १ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको थियो र ३ अर्ब ७३ करोड रुपैयाँ राजस्व उठेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x