ट्राफिक नियम उल्लङ्घनबाट ४ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन


काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने १ हजार ८५४ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्य कोषमा ४ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १२५ जना, नियम विपरीत ‘राइड सेयरिङ’ गर्ने १६६ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १७९ जना तथा तीव्र गतिमा सवारी चलाउने १७१ जनामाथि कारबाही गरिएको हो।

त्यसै गरी, लेन अनुशासन उल्लङ्घन गर्ने २७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ६६ जना, एकतर्फी सडकमा सवारी चलाउने ११२ जना तथा अन्य ट्राफिक नियम पालना नगर्ने १ हजार ९०४ जनालाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x