कालंगा हाइड्रोको २८ लाख ७० हजार कित्ता आइपिओ सर्वसाधारणका लागि खुल्दै

कालंगा हाइड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरिसकेको थियो। अब दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि बिक्री प्रक्रिया सुरु गर्न लागिएको हो।

यस चरणमा कम्पनीले १०० रुपैयाँ अङ्कित दरको कुल २८ लाख ७० हजार कित्ता साधारण शेयर जारी गर्ने छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आइपिओमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएससीको मेरो शेयर प्रणाली प्रयोग गर्न सकिनेछ।

कम्पनीको अनुसार आइपिओ निष्कासन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते बन्द हुनेछ। यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x