
प्राइम कमर्सियल बैङ्क लिमिटेडले असार १६ गते देखि वार्षिक ६.२५ प्रतिशत ब्याजदर रहेको ‘६.२५ प्रतिशत प्राइम बैङ्क डिबेञ्चर २०९३’ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
बैङ्कले प्रति ऋणपत्र १ हजार रुपैयाँ अङ्कित दरका कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्दै छ, जसको कुल आकार ३ अर्ब रुपैयाँ रहेको छ। निष्कासित कुल ऋणपत्र मध्ये १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ) व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थालाई बाँडफाँट गरिनेछ भने बाँकी १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ) सर्वसाधारणका लागि जारी गरिनेछ।
सर्वसाधारणलाई छुट्टाइएको ऋणपत्रमध्ये ६० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्ता तथा अधिकतम उपलब्ध सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्कासन छिटोमा असार १९ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ३० गते बन्द हुनेछ।
प्राइम कमर्सियल बैङ्कले असार १६ गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
