हिमालयन बैङ्कको स्वामित्व संरचनामा परिवर्तन, १०% संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण हुने


हिमालयन बैङ्क लिमिटेडले आफ्नो शेयर संरचनामा महत्त्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। बैङ्कको सञ्चालक समितिको आइतबार बसेको बैठकले कुल १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण गर्ने निर्णय गरेको हो।

बैङ्कका अनुसार यो कदम नेपाल राष्ट्र बैङ्क को प्रचलित निर्देशनअनुसार स्वामित्व संरचना सन्तुलनमा ल्याउनका लागि चालिएको हो। हाल बैङ्कमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व रहेको छ।

निर्णय कार्यान्वयनपछि संस्थापक समूहको स्वामित्व घटेर ६० प्रतिशतमा झर्नेछ भने सर्वसाधारणतर्फको हिस्सा ४० प्रतिशत पुग्नेछ। यस प्रक्रिया अन्तर्गत करिब १ करोड ५८ हजारभन्दा बढी कित्ता शेयर सर्वसाधारण समूहमा रूपान्तरण हुने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x