संस्थापक शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैङ्क

महालक्ष्मी विकास बैङ्क लिमिटेडका संस्थापक शेयरधनीहरुले ९ लाख ४७ हजार ३९२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा ३० जेठदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले ३० जेठबाट बैङ्कको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने बैङ्कले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x