प्रभु बैंकले आज २१ औँ वार्षिक साधारण सभा गर्दै



प्रभु बैंक लिमिटेडले यही पौष १४ गते बिहीबार (आज) २१ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभा बैंककाे केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष (आ.व) २०७८/०७९ को कायम चुक्ता पुँजीको १.५० प्रतिशतले हुन आउने रकम रु. १९ करोड ६ लाख ३० हजार ५६२ रुपैयाँ ६३ पैसा बराबरकाे नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) र ६.५० प्रतिशतले हुन आउने रकम रु. ८२ करोड ६० लाख ६५ हजार ७७१ रुपैयाँ ३८ पैसा बराबरकाे बोनस शेयर गरी जम्मा ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।


यस प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागि मूल्याङ्कनकर्ताबाट प्राप्त लक्षित संस्थाको चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपातमा वर्तमान बजार मूल्य तथा भविष्यको बजार बिस्तारको सम्भावनाका आधारमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १०० कित्ता शेयर बराबर प्रभु बैंक लिमिटेडको १०० कित्ता शेयर प्रदान गर्ने (1:1) गरी सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्न स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित पनि सोही सभाले गर्नेछ ।

बैंकले साधारण सभाको प्रयोजनको लागि पौष ०१ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x