
सिद्धार्थ बैङ्क लिमिटेडले संस्थापक समूहvअन्तर्गत २ लाख ७२ हजार ७३७ कित्ता शेयर बिक्रीमा राखेको छ। उक्त शेयर संस्थापक शेयरधनी लीला देवी शारदाको नाममा रहेको बैङ्कले जनाएको छ।
बैङ्कले जारी गरेको ३५ दिने सूचनाअनुसार शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौँको नक्सालस्थित बैङ्कको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
आवेदनमा आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बैङ्कले जनाएको छ। नेपाल राष्ट्र बैङ्कको एकीकृत निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने प्रावधानअनुसार प्रक्रिया अघि बढाइएको हो।
तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई समेत उक्त शेयर बिक्री खुला गरिने बैङ्कले जनाएको छ।
सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
