११ महिनामा नेपालको व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब रुपैयाँ नाघ्यो


चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको व्यापार घाटा १५.६७ प्रतिशतले वृद्धि भई १६ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो।

यस अवधिमा नेपालले २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन गत वर्षको सोही अवधिको २ खर्ब ४७ अर्ब रुपैयाँको तुलनामा करिब १२ प्रतिशतले बढी हो।

यद्यपि, आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा थप फराकिलो बनेको छ। चालू आ.व. को ११ महिनामा नेपालले १८ खर्ब ९४ अर्ब रुपैयाँ बराबरका वस्तु आयात गरेको छ। गत वर्षको सोही अवधिमा आयात १६ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो, जसको तुलनामा यस वर्ष आयात १५.१६ प्रतिशतले बढेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x