राष्ट्र बैङ्कले २० अर्ब रुपैयाँको ऋणपत्रका लागि बोलकबोल आह्वान गर्‍यो

Gyanmandu | Achieving Excellence Together
नेपाल राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैङ्क ऋणपत्र २०८४ ‘च’’ निष्कासनका लागि बोलकबोल आह्वान गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक सूचना जारी गर्दै ऋणपत्रका लागि अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सकिने जनाएको हो।

राष्ट्र बैङ्कका अनुसार बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था (काउन्टर पार्टी) मात्र सहभागी हुन सक्नेछन्। सहभागी संस्थाले आफूले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर दशमलवपछि चार अङ्कसम्म उल्लेख गरी आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय बैङ्कले न्यूनतम ५ करोड रुपैयाँदेखि त्यसपछि ५ करोड रुपैयाँका गुण कमा कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ। प्राप्त प्रस्तावका आधारमा ऋणपत्रको बाँडफाँट तथा अन्तिम ब्याजदर निर्धारण गरिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x