
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न शुक्रवार ४० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट रकम खिच्ने तयारी गरेको हो।
राष्ट्र बैङ्कको अनुसार यसका लागि शुक्रवार दिउँसो ३ बजे बोलकबोल आह्वान गरिनेछ। सहभागी बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि माथि ५ करोड रुपैयाँको गुणकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहु ब्याजदरमा समेत प्रस्ताव पेस गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
उक्त निक्षेप सङ्कलन उपकरणको अवधि ९६ दिन रहनेछ र यसको साँवा तथा ब्याज भुक्तानी साउन २७ गते गरिने राष्ट्र बैङ्कले जनाएको छ।
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
