नबिल बैङ्कको नाफामा ५६.६७ प्रतिशतकाे वृद्धि, वितरण योग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ

नबिल बैङ्कको नाफा ५६.६७ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा बैङ्कले २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
 
२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले ३ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २५ अर्ब ५७ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ ।
 
बैङ्कको निष्क्रिय कर्जा अनुपात २.९८ प्रतिशत र प्रतिशेयर आम्दानी २५ रुपैयाँ २६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा र पछिल्लो कारोबार मूल्य रु ७०३.५० को आधारमा मूल्य आम्दानी अनुपात २७.८५ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x