नबिल बैङ्कको नाफामा ४१.३० प्रतिशतकाे वृद्धि, वितरण योग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ

नबिल बैङ्कको नाफा ४१.३० प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को पहिलाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
 
२२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले ३ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २७ अर्ब ५१ करोड रुपैयाँ र सञ्चित मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।
 
बैङ्कको निष्क्रिय कर्जा अनुपात २.३३ प्रतिशत र प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५३ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ २८ पैसा र पछिल्लो कारोबार मूल्य रु ८०८ को आधारमा मूल्य आम्दानी अनुपात २९.३५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

33.33%
0.00%
33.33%
0.00%
33.33%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x