सामुदायिक लघुवित्तकाे खुद ब्याज आम्दानीमा ७.७३ प्रतिशतकाे वृद्धि

Samudayik Laghubitta Bittiya Sanstha Limited

 

ज्ञानमाण्डू। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३८.३७ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १ कराेड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले २ कराेड ३८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

 

१३ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सामुदायिक लघुवित्तले १ अर्ब ५९ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, सामुदायिक लघुवित्तले ७३ करोड २ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ९ करोड १ लाख रुपैयाँ रहेको छ।

 

सामुदायिक लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७.७६ प्रतिशतले बढेर ११ करोड ७९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.४२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ २८ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १४३४ काे आधारमा मूल्य आम्दानी अनुपात ७९.२२ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x