नेपाल बैङ्कको नाफा २.३१ प्रतिशतले घटेको छ । आ.व. २०८१/८२ को पहिलो त्रैमास सम्ममा बैङ्कले ६० करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८२/८३ को पहिलो त्रैमास सम्ममा बैङ्कले ५८ करोड रुपैयाँ नाफा कमाएको छ ।
१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बैङ्कले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २४ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १६.३६ प्रतिशतले बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने बैङ्कको निष्क्रिय कर्जा अनुपात ५.४९ प्रतिशत रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ०१ पैसा छ भने प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ३२ पैसा र पछिल्लो कारोबार मूल्य रु २४८ रुपैयाँ ४० पैसा को आधारमा मूल्य आम्दानी अनुपात १५.५१ गुणा रहेको छ ।
नेपाल बैङ्कको नाफामा २.३१ प्रतिशतको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
