समृद्धि फाइनान्समा खाता खोल्नेलाई बिजबजारमा रु ५०० बराबरको शपिङ्ग भाउचर

bizbazar

 

ज्ञानमाण्डू। नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य लिएको बिजबजार लिमिटेड र समृद्धि फाइनान्स बिच सम्झौता भएको छ । सम्झौतामा बिजबजारकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज गौतम र समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले हस्ताक्षर गर्नुभएको छ । 

 

सम्झौता अनुसार समृद्धि फाइनान्सका ग्राहकहरूले बिजबजारबाट सामान खरिद गरी समृद्धि फाइनान्सकाे मोबाइल बैंकिङ्ग वा कनेक्ट आइपियस मार्फत भुक्तानी गर्दा १० % वा बढीमा ३०० रुपैयाँ सम्मको क्यास ब्याक पाउने भएका छन् । साथै समृद्धि फाइनान्सले खाता खोल्ने प्रत्येक नयाँ ग्राहकलाई बिजबजारकाे रु २०० बराबरको शपिङ्ग भाउचर प्रदान गर्नेछ भने एक वर्षका लागि रु एक लाख वा बढीको मुद्दती खाता खोल्ने ग्राहकहरूलाई बिजबजारकाे रु ५०० बराबरको शपिङ्ग भाउचर प्रदान गर्नेछ।

 

समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न यस्तो सहकार्य आवश्यक रहेको बताउनु भएको छ । साथै डिजिटल नेपाल फ्रेमवर्कमा बिजबजारसँग सहकार्य गर्न पाएकोमा खुसी समेत व्यक्त गर्नुभएको छ ।

 

 

उक्त अवसरमा बोल्दै बिजबजारका प्रमुख कार्यकारी अधिकृत गणेश गौतमले लाखौँ मानिसहरूलाई अनलाइन जोड्ने हाम्रो लक्ष्य र भिजन पूरा गर्न, हामीले समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई एक रणनीतिक व्यापार साझेदारको रूपमा लिएकाे र समृद्धि फाइनान्स र बिजबजारले सहकार्य गरि दुवै पक्षका लागि उपयोगी हुने गतिविधिहरू सञ्चालन गर्ने कुरामा विश्वस्त रहेको बत्ताउनुभएको छ । साथै, उहाँले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे छ ।

 

आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित साथै डिजिटल प्रविधि चलाउन प्रोत्साहन गर्दै अघि बढ्ने कुरा बिजबजारले जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x