बाढीपीडितका लागि स्पार्क हाइड्रोइलेक्ट्रिकको २० लाख सहयोग

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि स्पार्क हाइड्रोइलेक्ट्रिक पब्लिक लिमिटेडले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। कम्पनीले तत्काल राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको छ भने थप १० लाख रुपैयाँ बराबरको राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने जनाएको छ।

कम्पनीका अध्यक्ष इन्जिनियर सुदीपकुमार चौधरीका अनुसार राहत सामग्रीको पहिलो चरणमा वितरण सुरु भइसकेको छ। प्रभावित नागरिकको आवश्यकतालाई ध्यानमा राख्दै दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

अध्यक्ष चौधरीले विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत र पुनः स्थापनामा सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। तत्कालको सङ्कटमा पीडितलाई आवश्यक सहयोग पुर्‍याउन निजी क्षेत्र सरकार र समुदायसँगै उभिनुपर्ने उहाँको भनाइ छ।

“विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय र सामाजिक दायित्व हो। राहत र उद्धारका लागि आफ्नो क्षमताअनुसार योगदान गर्नु आवश्यक छ,” चौधरीले भन्नुभयो।

स्पार्क हाइड्रोइलेक्ट्रिक पब्लिक लिमिटेडले ताप्लेजुङमा १२८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। जलविद्युत् क्षेत्रमा सक्रिय कम्पनीले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ।

बाढी पहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै कम्पनीले विपद्को सामना गर्न सरकार, निजी क्षेत्र, सामाजिक सङ्घसंस्था तथा आम नागरिकबिच सहकार्य र एकता आवश्यक रहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x