आइसिटी अवार्ड २०२५ को ग्राण्ड जुरी सम्पन्न, यसै सातादेखि विशेष टेलिभिजन सो प्रसारण हुँदै

आइसिटी अवार्ड २०२५ को ग्राण्ड जुरी सम्पन्न भएको छ । कात्तिक २९ गते शनिवार काठमाडौँको अनुपम फुडल्याण्डमा ग्राण्ड जुरी सम्पन्न भएको हो ।

बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन भएको सो कार्यक्रममा आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसनका सेमिफाइनलिष्टहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

विज्ञ जुरी समक्ष आफ्नो प्रस्तुति दिएपछि सेमिफाइनलिष्टहरू स्पिड डेटिङमा सहभागी भएका थिए, जहाँ जुरीसँग ‘वान टु वान’ कुराकानी भएको थियो ।

आइसिटी अवार्ड २०२५ को विज्ञ जुरी सदस्यमा आइसिटी विज्ञ हेमपाल श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका एशोसिएट डीन प्रा.डा. बालकृष्ण बाल, नेपाल खुला विश्वविद्यालयका स्कुल अफ टेक्नोलोजीका प्रमुख डा. भोजराज घिमिरे, सगरमाथा कलेजकी एशोसिएट प्रोफेसर गङ्गा सुब्बा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, नेपाल दूरसञ्चार प्राधिकरणका डेपुटी निर्देशक डा. प्रदीप पौड्याल रहेका छन् ।

यस्तै द एशिया फाउन्डेसनका प्रोजेक्ट डाइरेक्टर प्रणय स्थापित, नेपाल शान्ति प्रतिष्ठानकी कार्यकारी सदस्य सजना महर्जन अमात्य, राष्ट्रिय इनोभेसन सेन्टरका टिम लिड सञ्जय पौडेल, एनआई क्यापिटलका संस्थापक शिशिर पछाई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह-सचिव सुवास ढकाल, स्वीस सरकार विकास सहयोग नेपाल इनोभेसन तथा डिजिटलाइजेसन क्षेत्रकी राष्ट्रिय कार्यक्रम अधिकृत स्नेह भट्टराई, ग्लोबल आइएमई बैङ्कका डेपुटी सिइओ सुमन पोखरेल र दूरसञ्चार विज्ञ विशालमनि उपाध्याय जुरीमा रहेका छन् ।

ग्राण्ड जुरी सेसन पछि अब केही दिनमै स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनलिष्टहरू मध्येबाट अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरिने छ ।

यसअघि सेमिफाइनलिष्टको रूपमा उत्कृष्ट १२ स्टार्टअपहरूमा आर्कबो टेक्नोलोजिज, एटिएस भेइकल एसिस्ट, बोट्स इन्ड्रस्ट्रिज, कनेक्ट किसान, साइबर अलर्ट नेपाल, इलाट्स लजिस्टिक, फास्टो नेपाल, म्याक ट्वान्टी फोर अर्विट्स, सिंक टेक्नोलोजी, ट्रिप टर्बो, भेन्डिङ किङ र विसर इस्पोर्टस परेका थिए ।

त्यसै गरी उत्कृष्ट १२ प्रडक्टहरूमा बिजफोर्स ३६०, कास्टक्यु, फिटफ्लो, जिकवज डिडब्ल्युएम, आइएलटिएस पल्स, आइफाभेन्ड, लुगा इकमर्स विथ इआरपी, मिरागो, माइ क्युआर, क्युक सिसिए, टुना डायरी इआरपी, वायुदृष्टी पनि उत्कृष्ट १२ को सुचीमा पर्न सफल भएका थिए ।

उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनहरुमा एग्रो कनेक्ट, एजिरा, फेडेरेटेड लर्निङ इन हेल्थ केयर, कानुन एआई, माइण्ड ब्रिज, पि सेतु, फूलबारी, प्ले काउण्ट रोयल्टी, स्केलिङ स्मार्टर, स्पिनोभोट, ट्यापटुलिंक र भक्स भिजन परेका थिए ।

उत्कृष्ट सोसल इन्नोभेसनमा छौगो जलान, कोड फर च्यारिटी, डास्टा, हाम्रो हेल्थ स्कुल, एचडब्ल्युसि नेपाल, कताहो डिजिटल एड्रेस, आइडिएमएस, नेवा एएसआर, राहत, सालिक, शासन, सुपर कृषक, वायुदृष्टी परेका थिए ।

ग्राण्ड जुरी सेसन हुनुअघि आइसिटी अवार्ड २०२५ को प्रि इभेन्टको रूपमा सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट, ट्रेनिङ र मेन्टरिङ सेसन सम्पन्न भइसकेका छन् ।

अब यी प्रिइभेन्टहरू विशेष एपीसोडको रूपमा मङ्सिर ३ गतेदेखि हिमालय टिभीमा समेत प्रसारण हुनेछन् ।

सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्ड नेपालको सबैभन्दा ठुलो टेक र प्रतिष्ठित अवार्ड हो । यस वर्ष आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ४ गते शुक्रवार हुनेछ, जहाँ विभिन्न १५ विधामा अवार्ड प्रदान गरिने छ ।

आइसिटी अवार्ड २०२५ को शीर्ष प्रायोजकमा इन्ड्राइभ रहेको छ भने इन एसोसिएसन विथमा नेपालपे क्युआर र टिङटिङ तथा पावर्ड बाईमा सस्तो टिकेट्स रहेका छन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समेत सहकार्य रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x