Sriyog.Com र दमक नगरपालिकाद्वारा संयुक्त रूपमा आयोजना गरिएको "Digital Literacy For Digital Employment" कार्यक्रम मिति २०८० साल असार १ गते दमक नगरपालिकाको सभा हलमा सम्पन्न भएको थियो । दमक नगरपालिका सूचना प्रविधि प्रमुख समीप चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस कार्यक्रममा १०० बढी सहभागीहरू उपस्थित थिए ।
डिजिटल प्रविधिको उपयोग गर्दै रोजगारीका अवसरहरू सृजना गर्ने उद्देश्यले सञ्चालित Sriyog.Com र नगरपालिकाको सहकार्यमा नगर क्षेत्रभित्र रहेका, सीप भएका बेरोजगार युवाहरूको डिजिटल प्रोफाइलिंग गर्दै दमक नगरपालिकालाई स्टार्ट-अप र प्रविधिमैत्री सहर बनाउने उद्देश्य अनुरूप पहिलो चरणमा एक दिने "Digital Literacy For Digital Employment" कार्यक्रम सञ्चालन गरेको Sriyog.Com का सञ्चालक प्रकाश उप्रेतीले बताउनु भयो।
"प्रविधिमैत्री रोजगारी र उद्यमशीलताका लागि डिजिटल साक्षरता" कक्षा सञ्चालन गर्नु भएका Sriyog.Com का बिजनेस कन्सल्टेन्ट नवीन भट्टराईले प्रविधिको प्रयोग गर्दै रोजगार, स्वरोजगार वा उद्यमी बन्नका लागि विभिन्न प्रक्रियाहरूको बारेमा छोटकरीमा जानकारी उपलब्ध गराउनु भएको थियो। यस्तै किसिमको एक हप्ते कार्यक्रममा धेरै व्यावहारिक कुराहरू सिकाउन सकिने उहाँले बताउनुभयो ।
Sriyog.Com का प्रोजेक्ट मेनेजर एस. एन. मेहता र ईशा सुनामले सहजीकरण गर्नु भएको सो कार्यक्रममा स्थानीय सूचना प्रविधि व्यवसायी शोभित मान श्रेष्ठ तथा शैलेश दाहालको पनि उपस्थिति रहेको थियो ।
 
दमक नगरपालिकालाई स्टार्ट-अप र प्रविधिमैत्री सहर बनाउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    