काठमाडौँ स्पाइकर्सले २०८१ साल असोज ५ गतेका दिन दशरथ रङ्गशालाको कभर्ड हलमा आयोजित ट्यालेन्ट हन्ट इभेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त इभेन्टको उद्देश्य स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई स्पाइकर्सको टिममा सहभागिता गराई अवसर प्रदान गर्नु रहेको थियो।
ट्यालेन्ट हन्ट इभेन्ट नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठ, सचिव गणेश सिंह ठगुन्ना, सङ्घका सदस्य अन्जु श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा २६ का वडा अध्यक्ष ख्याम राज तिवारी र मुख्य भलिबल प्रशिक्षक जगदीश प्रसाद भट्टको सक्रिय नेतृत्वमा इभेन्ट सम्पन्न भएको हो। इभेन्टमा काठमाडौँका महिला खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
ट्यालेन्ट हन्ट इभेन्टबाट ६.१ फिटकी रितिका भट्ट उत्कृष्ट खेलाडी र विजेताको रूपमा छनोट हुनुभएको  छ। उहाँ अब काठमाडौँ स्पाइकर्स टोलीमा समावेश हुँदै वात्सल्य एभिएल महिला भलिबल लिगमा टिमको प्रतिनिधित्व गर्नुहुनेछ।
काठमाडौँ स्पाइकर्सका प्रतिनिधिहरूले ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी भएका सम्पूर्ण खेलाडीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। सो इभेन्टबाट नेपालमा महिला खेलकुदलाई थप उचाइमा पुर्याउन योगदान गर्ने विश्वास काठमाडौँ स्पाइकर्सले व्यक्त गरेको छन्।
काठमाडौँ स्पाइकर्सकी सीओओ सुदिक्षा अधिकारीले भन्नुभयो, ‘’आजको ट्यालेन्ट हन्ट इभेन्टले नेपाली भलिबलमा महिला खेलाडीहरूको सशक्तीकरणतर्फ महत्त्वपूर्ण कदम चालेको छ। स्थानीय प्रतिभाको पहिचान र प्रवर्धन नै भविष्यको बलियो आधार हो भन्ने हाम्रो विश्वास रहेको छ। सहभागीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् र हामी आगामी दिनमा पनि यस्ता अवसरहरू प्रदान गर्न प्रतिबद्ध रहेका छौँ।"
काठमाडौँ स्पाइकर्सले भलिबल खेलप्रति युवा पुस्ताको रुचि बढाउन र भविष्यका उत्कृष्ट खेलाडीहरूलाई पहिचान गर्नका लागि यस्ता आगामी सिजनमाहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
अन्त्यमा, आयोजक काठमाडौँ स्पाइकर्सले इभेन्टको सफलतामा सहभागी सबै खेलाडी, प्रशिक्षक, र समर्थकलाई धन्यवाद व्यक्त गरेका छन्।
 
काठमाडौँ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    