हामी प्रतिपक्षी मात्रै होइनौँ…

सर्वप्रथम त, इकोनामिक मिडिया एसोसिएसन नेपाल (इमान)ले पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा सिङ्गो कार्यसमितिका तर्फबाट सम्पूर्ण इमानका सदस्य संस्था –आर्थिक मिडिया)हरूमा म हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवधिमा इमानलाई महत्त्वपूर्ण सहयोग गर्नु हुने नेपाल सरकार, नियामक निकायहरू, निजी क्षेत्र, गैर सरकारी संस्था साथै हामीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

नेपालमा पत्रकारका सङ्घ/सङ्गठनहरू धेरै छन् । नेपाल पत्रकार महासङ्घ छाता संस्थाको रूपमा रहेको छ भने अन्य विधागत पत्रकारिता गरिरहेकाहरू सङ्गठित भएर धेरै सङ्घ सङ्गठनहरू गठन भएर पेसागत हकहितका लागि सक्रिय छन् । नेपालमा पत्रकारिता विकास भएको निकै लामो समय भएको छ । तर, विधागत पत्रकारिताको विकास क्रम धेरै लामो छैन । विधागत पत्रकारिताको विकास हुँदै गर्दा आर्थिक पत्रकारिता एउटा महत्त्वपूर्ण विधाको रूपमा विकास भएको छ । मुलुकमा भएका राजनीतिक परिवर्तनहरू पछि आर्थिक विषयले पनि निकै महत्त्व पाएको हामीले देख्न सक्छौँ ।

पछिल्लो समय आर्थिक एजेन्डालाई प्राय सबै राजनीतिक दलहरूले विशेष प्राथमिकताका साथ उठाएका छन् । एउटा विडम्बना नेपालमा विधागत पत्रकारहरूका सङ्घ/सङ्गठनहरू धेरै हुँदा पनि विधागत मिडिया सञ्चालकहरू एकजुट हुन भने सकेका थिएनन् । विधागत रूपमा सञ्चालनमा रहेका मिडियाहरूलाई एकजुट बनाएर छाता सङ्गठनको रूपमा काम गर्ने मूल उद्देश्य बोकेर एक वर्ष अघि इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को जन्म भएको थियो । इमान शानदार रूपमा पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । इमानले स्थापनाको पहिलो वर्षमा नै केही महत्त्वपूर्ण कामहरू गरेको छ । जसले निजी क्षेत्र र राज्य दुबैलाई महत्त्वपूर्ण सहयोग पुगेको हामीले महसुस गरेका छौँ ।

एउटा चर्चित भनाइ छ, पत्रकारिता भनेको स्थायी प्रतिपक्ष हो । हामी यो भनाइलाई पूर्ण रूपमा स्वीकार गर्दैनौँ । हामी पत्रकारिता स्थायी प्रतिपक्ष मात्रै होइन, उत्प्रेरक पनि हो भन्ने मान्यतालाई स्थापित गर्न चाहन्छौँ । हामी राज्यका नीतिलाई निजी क्षेत्रसम्म र निजी क्षेत्रका समस्यालाई राज्यको ढोकासम्म पुर्‍याउनका लागि सेतुको भूमिका निर्वाह गर्दछौँ । हाम्रो उद्देश्य भनेको मुलुकको समृद्धि, सुशासन र दीर्घकालीन हित हो । हामी हाम्रो अर्थतन्त्रलाई बलियो बनाउनका लागि कसको तर्फबाट केके गर्न सकिन्छ भन्ने विषयमा बहस छलफल चलाउँछौँ ।

हामीले हाम्रो संस्थाको सुरुवातमा नै मुलुकको अर्थतन्त्रका बलियो बनाउन कसको तर्फबाट के गर्न सकिन्छ भनेर वृहत् अन्तरक्रिया कार्यक्रम गरेका थियौँ । तत्कालीन उपप्रधान तथा अर्थमन्त्री, केन्द्रीय बैङ्कका गभर्नर, अर्थविद्हरू, निजी क्षेत्रसँग सम्बन्धित सङ्घ–सङ्गठनहरू, बैङ्क तथा वित्तीय संस्था, बीमा, सहकारी लगायतका सम्पूर्ण स्टेक होल्डरलाई राखेर वृहत् अन्तरक्रिया कार्यक्रम गरेका थियौँ । तत् पश्चात् पनि इमानले सहकारी क्षेत्रका समस्याहरू पहिचान गरी समाधान गर्ने मूल उद्देश्य बनाएर तत्कालि भूमि, व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री, सहकारी क्षेत्रका सम्पूर्ण स्टेक होल्डर राखेर पनि वृहत् कार्यक्रम सम्पन्न गरेको थियो ।

इमानले राज्यको कर नीतिबारे द्विविधा रहेका विषयमा अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागसँग मिलेर विशेष कार्यक्रम सम्पन्न गरेको थियो । इमानले एक वर्षका अवधिमा यस्ता धेरै र महत्त्वपूर्ण कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । एक वर्षको अवधिमा इमानले सम्पन्न गरेको एउटा महत्त्वपूर्ण काम भनेको ‘क्रस बोर्डर डिजिटल ट्रान्जेक्सन सम्बन्धी’ अध्ययन हो । इमानले यस विषयमा एउटा टोलीलाई भारतका विभिन्न सहरहरूमा पठाएर अध्ययन रिपोर्ट तयार गरेका थियो । यो अध्ययन रिपोर्ट सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैङ्कका गभर्नरलाई हस्तान्तरण गरिएको थियो । इमानले गरेको अध्ययन र दिएको सुझाव अनुसार नै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूको भारत भ्रमणका क्रममा नेपाल–भारतबिच क्रस बोर्डर डिजिटल ट्रान्जेक्सन सम्बन्धी सम्झौता भई हाल कार्यान्वयनका लागि काम भइरहेको छ ।

इमानले स्थापनाको पहिलो वर्षमा नै धेरै र महत्त्वपूर्ण कामहरू सम्पन्न गरेको छ । समग्रमा पहिलो वर्ष इमानका लागि विशेष रह्यो । इमानले एक वर्षको अवधिमा जे कति काम गर्‍यो, आगामी वर्ष त्यो भन्दा अझ धेरै कामहरू गर्ने लक्ष्य लिएर इमान अघि बढेको छ । इमान सरकार र निजी क्षेत्र दुबैसँग मिलेर काम गर्न चाहन्छ । इमानले आर्थिक मिडियाको हकहितका लागि मात्रै नभएर मुलुकको अर्थतन्त्र बलियो बनाउन आवश्यक भूमिका निर्वाह गर्नेछ । बहस छलफल चलाउने । आगामी दिनमा समेत महत्त्वपूर्ण सहयोग रहने अपेक्षा सहित पहिलो वर्ष इमानलाई महत्त्वपूर्ण सहयोग गर्नुहुने सम्पूर्णलाई हृदयबाटै विशेष धन्यवाद दिन चाहन्छु ।
जय इमान !


(इकोनामिक मिडिया एसोसिएसन नेपाल (इमान)को वार्षिक प्रकाशन इमान जर्नलमा प्रकाशन भएको अध्यक्ष आचार्यको भनाइ)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x