जीवन बीमक हिमालयन लाइफ इन्स्योरेन्सको मधेश प्रदेश प्रमुख आइआर सुवेदी इन्स्योरेन्सबाट बाहिरिनु भएको छ । साबिक युनियन लाइफ इन्स्योरेन्सको स्थापनाकाल देखि आबद्ध सुवेदी प्राइम, गुराँस र युनियन लाइफको मर्जरपछि जन्मिएको हिमालयन लाइफ इन्स्योरेन्समा मधेश प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
करिब ७ वर्षसम्म जीवन बीमा व्यवसायमा काम गर्नु अघि उहाँ बैंकरका रूपमा सेवारत हुनुहुन्थ्यो । सिद्धार्थ बैङ्कबाट नेपाली वित्तीय क्षेत्रमा सेवा सुरु गर्नुभएको सुवेदीले ग्लोबल आईएमई बैङ्कका विभिन्न शाखाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुभयो । ग्लोबल आईएमई बैङ्कको भारतस्थित सम्पर्क कार्यालयको प्रमुखको रूपमा समेत काम गर्ने अवसर पाउनुभयो ।
अध्ययन अध्यापनमा समेत रुचि राख्ने सुवेदीले अहिले भारतीय विश्व विद्यालयबाट ‘नेपाली जीवन बीमा उद्योगको दिगो भविष्यका लागि समसामयिक जीवन बीमा उत्पादनको खोज’ विषयमा विद्यावारिधि उपाधिका लागि सोध गरिरहनु भएको छ । उहाँ युरो एक्जिम बैङ्क नेपालको लागि व्यापार वित्त परामर्शदाता र भारतको मंगलायतन विश्वविद्यालयका सद्भावना दूत समेत हुनुहुन्छ।
 
हिमालयन लाइफबाट बाहिरिए मधेश प्रदेश प्रमुख आइआर सुवेदी
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    