आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान)ले सङ्घका उपाध्यक्ष माधवप्रसाद तिवारीलाई प्रेस काउन्सिल नेपालले सोधेको स्पष्टीकरणप्रति आपत्ति जनाएको छ ।
सोमवार विज्ञप्ति जारी गर्दै इमानले प्रेस काउन्सिल नेपाल र सूचना विभागमा हुने काम निश्चित पैसा लिएर सम्बन्धित सञ्चालकको उपस्थितिविनै सबै गरिदिन्छु भनी लेखिएको सम्झना पौडेल र दीपक आचार्यको इमेलबाट आएको पत्रको स्क्रिनसट राखेर उपाध्यक्ष तिवारीले फेसबुकमा प्रश्न उठाएको विषयलाई लिएर काउन्सिलले जवाफ पेस गर्न भन्दै ३ दिनको समय सीमा नै तोकेर पत्राचार गरेकोप्रति गम्भीर आपत्ति जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, 'मालपोत र यातायात कार्यालयमा निश्चित पैसा लिएर काम गरिदिन्छु भन्दै सेवाग्राहीलाई हैरानी गर्ने बिचौलियाले जस्तै प्रेस काउन्सिलमा समेत काम गर्दिन्छु भन्दै खुलेआम रूपमा इमेल गर्न थालेपछि उठाइएको प्रश्न पछि यस विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा उल्टै जवाफ पेस गर्न भन्दै प्रश्न उठाउने व्यक्तिलाई पत्र काटिनु खेदजनक छ । यसले काउन्सिलकै कर्मचारी पदाधिकारीको संलग्नताको शङ्का जन्मिएको छ ।' विज्ञप्तिमार्फत इमानले काउन्सिल जस्तो सम्मानित संस्थाकै अपमान हुने गरी खुलेआम बिचौलियाको संरक्षण गर्दै काटिएको उक्त पत्र फिर्ता लिई माफी माग्न काउन्सिललाई इमानले आग्रह गरेको छ । साथै, विज्ञप्तिमा संविधानमै उल्लेख भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्दै बिचौलिया संरक्षण गर्ने कार्य नगर्न प्रेस काउन्सिल नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराइएको छ ।
 
छानबिनको माग गर्दा प्रेस काउन्सिलले पत्र काटे पछि इमानको आपत्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    