सलाम एयरद्वारा विभिन्न विद्यामा सम्मान प्रदान

सलाम एयरलाइन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरूलाई सम्मान गरेको छ । सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरूलाई सम्मान गरेको हो । 
 
सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तव्यमा नियमित तथा केही अन्य गन्तव्यहरूमा सिजनल सेवा पुर्‍याउँदै आएको छ । नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ ।
 
हालै काठमाडौँस्थित एलफ्ट होटेलमा आयोजित एक विशेष कार्यक्रमकावीच सलाम एयरलाइन्सले नेपालमा क्रियाशील ट्राभल्स एजेन्सीहरूलाई विभिन्न विद्यामा सम्मानित गर्याे । 
 
विभिन्न विद्या अन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट वेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्बिता ट्राभल्स एन्ड टुर्स प्रालि र सी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएका छन् ।
 
त्यस्तै मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मर्स्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित हुनुभएको छ । त्यस्तै हाइऐस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीब्यूटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित हुनुभएको छ । त्यसै गरी राइजिङ्ग स्टार अन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको छ ।
 
सोही अवसरमा सलाम एयर लाईन्सले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत काठमाडौँमा सञ्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरूको लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाद्य सामाग्री तथा लत्ता कपडा वितरण पनि गरेको थियो । 
 
सलाम एयर लाईन्सको नेपालस्थित जीएसए आइएमई इन्टरनेशनल ट्राभल्स प्रा लिले आयोजना गरेको उक्त कार्यक्रम आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलाम एयरका प्रतिनिधिहरूले विजेता ट्राभल्सहरूलाई बधाई दिँदै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

आइएमई इन्टरनेशनल ट्राभल्स आइएमई ग्रुपद्वारा सञ्चालित ग्रुपको एक भगिनी संस्था हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x