भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैङ्कका कर्मचारीको १ करोड ३८ लाख सहयोग

Gyanmandu | Achieving Excellence Together
नेपाल राष्ट्र बैङ्कका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको राहतका लागि १ करोड ३८ लाख ८८ हजार ४२५ रुपैयाँ सहयोग गरेका छन्।

बाढी प्रभावित व्यक्ति तथा परिवारलाई राहत पुर्‍याउने उद्देश्यले राष्ट्र बैङ्कले गभर्नर, डेपुटी गभर्नर र कर्मचारी (करारसहित) बाट सङ्कलित उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको हो।

राष्ट्र बैङ्कले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन संस्थागत सहभागिताका रूपमा उक्त आर्थिक सहयोग गरेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x