बैङ्किङ प्रणालीबाट आज २० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैङ्क

Gyanmandu | Achieving Excellence Together
बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैङ्कले पुनः २० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ।

केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरणमार्फत आज असोज १४ गते बैङ्किङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्न लागेको हो। निक्षेप सङ्कलनका लागि बोलकबोल ब्याजदरमा हुनेछ।

निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। आज अपराह्न ३ बजेसम्म राष्ट्र बैङ्कको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गरिनेछ।

निक्षेप राख्न इच्छुक बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमको सीमासम्म आवेदन दिन सकिनेछ।

राष्ट्र बैङ्कका अनुसार यो निक्षेप सङ्कलन उपकरण ३० दिन अवधिको हुनेछ। यसअनुसार आगामी कात्तिक १३ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x