धितोपत्र बजारमा एकल अङ्ककाे गिरावट, नेप्से २७३२.५१ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ९४ अंकले घटेर २७३२ दशमलव ५१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ०२ अंकले घटेर ५१८ दशमलव ६४ को विन्दुमा पुगेको छ ।


आज कूल २२७ कम्पनीहरूका ४० लाख १७ हजार ४२९ कित्ता शेयर रु २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य, अन्य उपसमूह ५ दशमलव १२ अङ्कले, ट्रेडिङ उपसमूह १२ दशमलव ३३ अङ्कले, जलविद्युत उपसमूह २.५९ अङ्कले, उत्पादन उपसमूह शुन्य दशमलव ११ अङ्कले र सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव ०२ अङ्कले बढेका छन् । यता, बैंकिङ उपसमूह शुन्य दशमलव ०७ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ९.७ अङ्कले, विकास बैंक उपसमूह २०.३ अङ्कले, वित्त उपसमूह १०.६३ अङ्कले, निर्जीवन बीमा ६.२ अङ्कले, लघुवित्त उपसमूह ४.४७ अङ्कले, जीवन बीमा उपसमूह ५४.६१ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ३४ अङ्कले घटेकाे छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x