आ. व. २०७७/०७८ का लागि फर्स्ट माइक्रोफाइनान्सको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव


ज्ञानमाण्डू।फर्स्ट माइक्रोफाइनान्स लघुवित वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल भाद्र १९ गते, शनिबारका दिन बसेको सञ्चालक समितिको १८४ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा १०.५३ प्रतिशतले हुन आउने लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ७६ लाख ८१ हजार २०० रुपैयाँ बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशतले हुन आउने ४६ लाख १४ हजार ८०० रुपैंया नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने फर्स्ट माइक्रोफाइनान्स लघुवित वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको हो । आर्थिक वर्ष २०७६/७७ मा फर्स्ट माइक्रोफाइनान्स लघुवित वित्तिय संस्था लिमिटेडले ९.५ प्रतिशतले हुन आउने रकम बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ४.१८४२ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x