आज सम्म कायम शेयरधनीले नेशनल हाइड्रो पावर कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउने

National Hydro Power Company Limited

ज्ञानमाण्डू। नेशनल हाइड्रो पावर कम्पनी लि. ले यही भदाै १० गते विशेष साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि भदाै २ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा भदाै १ गते सम्म (आज सम्म) कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले विशेष साधारण सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले बोनश शेयर वितरण र सुनकोशी हाइड्रो पावर कम्पनी लि.को प्राप्ति पश्चात कायम हुन आउने चुक्ता पूजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गर्नेछ।

हकप्रद शेयर र सुनकोशी हाइड्रो पावर कम्पनी लि.को प्राप्तिको कारणले कम्पनीको पूँजी वृद्धि हुने भएको हुनाले कम्पनीको प्रबन्धपत्रको संशोधन गर्नेछ र साथै अन्य प्रस्तावहरु छलफल सहित पारित गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x