प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आज देखि सुरु हुँदै

ज्ञानमाण्डू।राष्ट्रिय खेलकुद परिषद्को आयोजना प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता आज(शुक्रवार) देखि सुरु हुँदै छ। राखेप र निजी कम्पनी नेपालयको संयुक्त आयोजनामा प्रधानमन्त्री कपको तेस्रो संस्करण सुरु हुन लागेको हो । प्रतियोगितामा सात प्रदेशका ७ टिम र ३ विभागीय टिम गरी १० टिमले सहभागिता जनाउँदै छन् ।

मुलपानी क्रिकेट मैदानको काम निर्धारित समयमा नसकिएकाले काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा पूर्व प्रधानमन्त्री तथा नेकपाका सह अध्यक्ष पुष्पकमल दाहालले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

राखेपद्वारा सार्वजनिक गरिएको खेल तालिकानुसार उद्घाटन खेलमा विभागीय टिम आर्मी र प्रदेश नम्बर २ बिच प्रतिस्पर्धा हुनेछ। यी दुई टिम किर्तीपुर मैदानमा उत्रनेछन् ।यस्तै मुलपानीमा नेपाल पुलिस र प्रदेश १ बिच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ । आज देखि सुरु हुने यो प्रतियोगिता २५ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x