आज शिवम् सिमेन्ट्सले विशेष साधारण सभा गर्दै

Shivam Cement

ज्ञानमाण्डू। शिवम् सिमेन्ट्स लिमिटेडले भदाै १० गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा कम्पनीको कर्पोरेट कार्यालयको सभाहल अनामनगर, काठमाडौंमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले कम्पनीको स्वीकृत प्रबन्ध पत्रको दफा ६ को खण्ड (ग) लाई संशोधन गर्नेछ र खण्ड (घ) संशोधन गरी हटाउन स्वीकृति प्रदान गर्नेछ।

कम्पनीको स्वीकृत नियमावलीको नियम नं. २३ गणपुरक संख्या कूल शेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत कायम गर्नेछ र नियमावलीको नियम नं. २५ को उप नियम (५) संशोधन गरी विशेषज्ञ संचालकको मनोनयन र अन्य संचालकहरुको निर्वाचन गर्ने सम्बन्धि व्यवस्था कायम गर्ने प्रस्तावलाई सभाले पारित गर्नेछ ।

त्यस्तै स्वीकृत नियमावलीको नियम नं. २७ को उप नियम (२) मा संचालक संख्या स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक सहित ७जनाको हुने छ भन्ने व्यवस्थालाई संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक १ जना र शेयरधनीहरुबाट निर्वाचित वा मनोनित ५ जना सहित ६ जनाको संचालक समिति हुनेछ भन्ने व्यवस्था कायम गर्नेछ ।

कम्पनीको नियमावलीको नियम नं. २९ संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक १ जना संचालक समितिले नियुक्त गर्नेछ र नियमावलीको नियम नं. ३१ मा संशोधन गरी संचालकहरुको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा कम्पनी ऐन बमोजिमको प्रक्रिया पुरा गरी सभाबाट पारित गरिनेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि भदाै २ गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा भदाै १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x