किसान लघुवित्तकाे नाफा ४ करोड ५२ लाख, प्रतिशेयर आम्दानी कति ?

kisan laghubitta 

ज्ञानमाण्डू। आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ७२ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३९ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको किसान लघुवित्तले १ अर्ब २७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ६ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, किसान लघुवित्तले ५ अर्ब ११ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ३७ करोड १३ लाख रुपैयाँ रहेको छ ।

किसान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.३५ प्रतिशतले बढेर १७ करोड ५१ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.७३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ०४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ४४ पैसा छ र पछिल्लो कारोबार मूल्य रु १६७० को आधारमा मूल्य आम्दानी अनुपात ७२.४८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x