नेपाल राष्ट्र बैंकमा राेजगारीकाे अवसर

Click here to join Gyanmandu.com's Viber Community

समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड, पुतलीसडक काठमाडौंको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्ने सिलसिलामा देहायका पदहरू पूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्य नेपाली नागरिकबाट मिति २०७९।०६।०९ गते आइतबार कार्यालय समयभित्र दरखास्त फाराम पेश गर्न आह्वान गरिएको छ । दरखास्त पेश गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र (उमेर नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र समेत), अनुभवका कागजात एवम् छनौट समितिले तोकेका अन्य कागजात संलग्न गर्नुपर्नेछ । म्यादभित्र दाखिला नभएको वा रित नपुगी आएको दरखास्तउपर कुनै किसिमको कारबाही हुने छैन।

 

 

क्र.स. : १

पद : संयोजक

 

आवश्यक पद संख्या : १

न्युनतम शैक्षिक योग्यता तथा अनुभव : व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० (दश) वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ । 

 

 

Click here to join viber community for all Vacancy Updates.

 

क्र.स. : २

पद : सदस्य

 

आवश्यक पद संख्या : १

न्युनतम शैक्षिक योग्यता तथा अनुभव : व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी लेखासम्बन्धी कार्यमा न्यूनतम १० (दश) वर्षको अनुभव प्राप्त गरेको वा चार्टर्ड एकाउण्टेन्सी (CA) पास गरी न्यूनतम ५ (पाँच) वर्षको कार्यानुभव प्राप्त गरेको लेखा विज्ञ । 

 

१. सेवा अवधि : १ (एक) वर्ष (आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि
दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने ।
२. दरखास्त दिने अन्तिम मितिमा उम्मेदवार ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
३. परीक्षाको किसिम : कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता ।
४. दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेबसाइटमा
प्रकाशन गरिनेछ । 
५. पारिश्रमिक तथा अन्य सुविधाहरू : संयोजकको लागि रु. १,२६,३००।- (अक्षरेपि एक लाख छब्बीस हजार तीन सय मात्र) तथा सदस्यको लागि रु.१,०३,६००।- (अक्षरेपि एक लाख तीन हजार छ सय मात्र) मासिक पारिश्रमिक नियमानुसारको कर सहित) प्रदान गरिनेछ । दशैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिनेछ । सो बाहेक अन्य कुनै प्रकारको भत्ता
प्रदान गरिने छैन ।

 

 

Click here to join viber community for all Vacancy Updates.

६. काम गर्नुपर्ने कार्यालय: नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड, पुतलीसडक काठमाडौं ।
७. दरखास्त फाराम छनौट समितिको सचिवालयमा पेश गर्नुपर्नेछ।
८. दरखास्त पेश गर्ने अन्तिम दिनमा सार्वजनिक बिदा पर्न गएमा सोको पछि कार्यालय खुलेको दिन कार्यालय समयभित्र दरखास्त पेश गर्न सकिनेछ। 

९. दरखास्त फाराम र सोका साथ पेश गर्नुपर्ने विवरण, व्यावसायिक कार्ययोजनाको ढाँचा तथा कार्यादेश सम्बन्धी जानकारी छनौट समितिको सचिवालयबाट उपलब्ध हुनेछ । 

 

नेपाल राष्ट्र बैंक 

केन्द्रीय कार्यालय वित्तीय संस्था सुपरिवेक्षण विभाग छनौट समितिको सचिवालय, बालुवाटार दरखास्त आह्वान सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति : २०७४/०५/२०) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x