धितोपत्र बजारमा १०५.५५ अंकको वृद्धि, नेप्से परिसूचक २८८५.५३ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १०५ दशमलव ५५ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०५ दशमलव ५५ अंकले बढेर २८८५ दशमलव ५३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १९ दशमलव ८१ अंकले बढेर ५३८ दशमलव ५३ को विन्दुमा पुगेको छ ।
आज कूल २३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर रु ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ०३८ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह ४६ दशमलव ९९ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १४६ दशमलव ३३ अङ्कले, होटल तथा पर्यटन उपसमूह १४१.४८ अङ्कले, विकास बैंक उपसमूह ३१८.२२ अङ्कले, जलविद्युत उपसमूह १८२.९ अङ्कले, वित्त उपसमूह १५२ अङ्कले, निर्जीवन बीमा ४३१.६१ अङ्कले, उत्पादन उपसमूह १९७.७५ अङ्कले, अन्य उपसमूह ८३.६९ अङ्कले, लघुवित्त उपसमूह १७३.४६ अङ्कले, जीवन बीमा उपसमूह ५४८.०६ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव २८ अङ्कले र लगानी उपसमूह ५ दशमलव ६९ अङ्कले बढेको छ।















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x