फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा १० करोड ४४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?

first microfinanceज्ञानमाण्डू। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३८.११ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा लघुवित्तले ७ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा लघुवित्तले १० करोड ४४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

 

 

९६ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले ९ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले ९ अर्ब ५३ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा २६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

 

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५०.०४ प्रतिशतले बढेर १८ करोड २३ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ३७ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ९२५ काे आधारमा मूल्य आम्दानी अनुपात ४२.७० गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x